१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

प्रेस काउन्सिल नेपालद्वारा फोके टिभीका पत्रकार कपिल शाहीसंग सोधपुछ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै प्रेस काउन्सिलले एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ

एक सरकारी कार्यालयमा रिपोटिङ गर्ने क्रममा स्पेस फोके टिभीका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही हुनुपर्ने आवाजसमेत उठेको थियो ।

 

काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौं उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए । उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने टिभी र युट्युव च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।

काउन्सिलसमक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए ।

प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारबाही गरिसकेको छ ।

कतिपय पत्रकारलाई काउन्सिलले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ । जथाभावी लेख्ने, बार्गेनिङ गर्ने युट्युवसहितलाई काउन्सिलले प्रहरीसहितसँग समन्वय गरी विभिन्न कारवाही गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!