२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

तिनाउ खोलामा डुबेर मृत्यु

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

( एबिसि संचार )                                                           पाल्पामा तिनाउ खोलामा डुबेर एक जना भारतीय किशोरीको मृत्यु भएको छ।

मंगलबार दिउँसो साढे १ बजे तिनाउ गाउँपालिका-३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई विद्यालयबाट शिक्षकसहित २०-२५ जनाको संख्यामा नेपालमा घुम्न आएका थिए।

घुम्न आएका विद्यार्थीहरूमध्ये २० वर्षीया शाहिस्ता प्रविन फोटो खिच्नेक्रममा अचानक चिप्लिएर खोलामा डुबेकी थिइन्।प्रहरी चौकी दोभानबाट खटिएको टोलीले किशोरीको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]