०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

अदालतबाटै चोरी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

( एबिसि संचार )                                                    कैलालीमा अदालतबाटै चोरी भएको छ। प्रहरी सुरक्षाको घेराभित्रै चोरी भएपछि घटनाले पनि चर्चा पाएको हो।

आइतबार राति १० बजेर २३ मिनेटमा अदालतको दक्षिणतर्फको झ्यालबाट चोरले प्रवेश गरेको अदालतको सिसिटिभी फुटेजमा देखिएको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए।

चोरी गर्ने अज्ञात एक जनाले करिब एक घण्टा कार्यालयभित्र बिताएको भिडिओमा देखिएको स्रेस्तेदार विष्टले बताए।

कार्यालय भित्रका विभिन्न फाँटबाट मुद्दाका मिसिल, पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली समेत चोरी भएको स्रेस्तेदार विष्टले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाका विषयमा जानकारी प्राप्त भएकोले चोरी गर्नेको खोजी भइरहेको छ। चोरी भएका मोबाइलहरू भने फेला परे पनि अन्य वस्तु र चोरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कुलदिप चन्दले जानकारी दिए।

कैलाली जिल्ला अदालतमा ६ वटा सिसिटिभी क्यामरा भए पनि पाँच वटा क्यामरामात्रै सञ्चालनमा छन्। एउटा क्यामरा बिग्रिएको छ।

चोरले क्यामरा र बत्ती नभएको ठाउँबाट भित्र प्रवेश गरेको देखिन्छ। कागजी मिसिल हुने हुनाले अदातलले के–के चोरी भयो भन्ने पूर्ण विवरण खुलाउन सकेको छैन। घटनापछि आइतबार अदालतमा नयाँ सुरक्षा टोली परिचालन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!