०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बिचौलियाहरुको ईसारामा यातायात प्रमुख गौतमको आर्शिवादले भ्रष्टाचार जारी अख्तियार मौन ??

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २२, २०८०

 

(ABC-Sanchar)
पर्सा । बिरगंज यातायात व्यवस्था कार्यालय सवारी शाखाका बिचौलिया हरि साह भन्ने हरिवंश प्रसाद गुप्ता र उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहको कालाकर्तुतको बारेमा यस अनलाईनमा समाचार प्रकाशित भए पछि हरिले फेसबुक कमेन्टमा सवारी शाखामा ९८ प्रतिशत सवारी सनाखत नामसारी हुने गरेको जनाएका छन् ।
ना १ प देखि हालसम्म सनाखत नामसारी हुदै आए पनि कुनै पनि सवारी धनीको कही कतै उजुरी नपरेको बताएका छन् । जबकी सनाखत नामसारी कानुन बिपरित हो र सनाखत नामसारी कै सन्दर्भमा सवारी शाखाका कैयौं कर्मचारी अख्तियारको तारेखमा रहेको कार्यालयका एक कर्मचारीले बताए । यामाहा कम्पनिको कार्यालयमा झाडु पुच्छा लगाउदै आएका हरिले कम्पनिकै आडमा बिचौलियाको कार्य गरिरहंदा प्रहरी प्रशासन मौन देखिएको छ । लेखापढी व्यवसायीको प्रमाणपत्र नभए तापनि हरिले लेखापढी व्यवसायी हुँ भन्दै सेवाग्रहीहरुलाई झुक्याउदै मोटो रकम असुल्दै कार्यालयमा काम गर्ने गराउने गरेको बताईन्छ । भ्रष्ट कार्यालयको रुपमा चर्चा कमाएका सवारी शाखामा हरिले चितवन, हेटौंडा, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन हाउसको साहुहरु सँग मोटरसाईकलको ब्लुबुक मात्र मगाई सनाखत नामसारी गराउदै आएको बताईन्छ । जबकी मोटरसाईकल नामसारी गराउनु पर्दा मोटरसाईकल र सवारी धनी अनिवार्य रुपमा उपस्थित हुने व्यवस्था रहेको छ । दशैं भन्दा अगाडि करिब दुई सय सनाखत नामसारी गराएका बिचौलिया हरिले ब्लुबुकमा मात्र आधिकारिक कर्मचारीलाई घुसको रकम दिई सही गराई सेवाग्रहीहरुलाई दिएको र सो सनाखत नामसारीको हालसम्म मोटरसाईकल रजिस्टरको ढाडामा नचढाईएको समाचार स्रोतले जनाएको छ । तर सेवाग्रहीहरु ढाडामा पनि चढेको विश्वस्त हुदै फर्केको बताईएको छ ।
लामो समय देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहले पटके फाँट पनि हेर्दै आएका छन् । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको बताईन्छ ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको सोही कार्यालयमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताए ।
कार्यालय प्रमुख कमल गौतमको आर्शिवादले बिचौलिया हरि र कार्यालय सहयोगी उनका बुवा महेन्द्र साहले “दिन दु गुना, रात चौगुना” भ्रष्टाचारको कार्यलाई बढावा दिदै आएको बताईन्छ ।
पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजार रुपैया नेपाल सरकारको तलबको अलावा घुसको रकम असुल्ने गर्ने गरेको बताईन्छ । बुवा महेन्द्र साह र छोरा हरिले भ्रष्टाचार गर्दै वीरगंजमा आलिसान महल ठ्डयाएका छन् भने कैयौं ठाउँमा घडेरी किन्न सफल भएको स्रोतको कथन रहेको छ । बिचौलिया हरिले सनाखत नामसारी हुन्छ भनि स्वीकार गरिसकेको अवस्था र बुवा महेन्द्रले भ्रष्टाचार गरिराखेको घाम जस्तै छर्लङ्ग भए पनि प्रहरी प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायहरुले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।भोजपुरी टाइम्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!