०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

चितवनमा नक्कली प्रहरी पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २२, २०८०

 

ABC (क्राईमबिट)
चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगंज काठमाण्डौबाट खटिएको प्रहरी टोलिले सोमबार ठगि गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोटका मझुवागढि नगरपालिकाका ललित बानियाँलाई काठमाण्डौँबाट पक्राउ गरेको हो ।

बाँनियाले भरतपुरको हाकिमचोकमा रहेको धनलक्ष्मी पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको अफिस मर्मत सम्भारको लागि भन्दै एक लाख १९ हजार दुई सय रुपैयाँ बराबरको सामान ठगेको प्रहरीले जनाएको छ । उनले गत भदौ २७ गते पसलका सञ्चालक मात्रिका पराजुलीलाई प्रहरी निरिक्षकको अफिस मर्मत सम्भार र डेकोरेसनका लागि १० लाख आउने भन्दै १० हजार रुपैयाँ पेश्की छोडेर गएका थिए ।

पछि असोज एक गते एसपि साबसंग कुरा गर्नु भनि कुरा गराएर सो सामान काठमाण्डौँ लैजाने अनुरोध गरेका थिए । पसल सञ्चालक पराजुलीले असोज दुई गते बा १७ च ३७४५ नम्बरको बलेरोमा फरमाइका, प्लाई, डेनराइड लगायतको एक लाख ७९ हजार २ सय बराबरका सामान पठाएको चितवन प्रहरीले जनाएको छ ।

उनले बलेरो चालकलाई फोन गरेर कोटेश्वर नजिक बाटो बाटनै अर्को सवारीमा सामान लोड गरी लगेका थिए । पछि सामानको पैसा माग्दा धम्काई सम्पर्कमा नआएपछि पसल सञ्चालक प्रहरी कार्यालयमा उजुरी दिन आएपछि ठगि गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!