१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
×

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले खेतमा पुगेर धान काटे

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

 

(ABC-Sanchar)
दाङ । घोराही नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान खेतमा पुगेर दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले धान काटेका छन् । पार्टीले घोराही-१६ करौंटी डाँडामा उत्पादन गरेको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् ।
खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै महत्त्वपूर्ण अवसर मिलेको बताएका छन् । उनले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीति दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।
`कुनैपनि कुरा भनेर होइन गरेर देखाउनु पर्छ भन्ने विषय यहाँ लागू भएको छ´ प्रजिअ सुवेदीले भने ` यो धान खेतमै आएर वास्तवमा यहाँहरुसँग जोडिन पाउँदा आफूलाई खुशी महसुस गरेको छु ।´ समाजको परिवर्तन गर्ने नेतृत्व राजनीति दल नै भएको र संसारमा जहाँपनि त्यही हुने हुँदा राजनीति दलले उत्पादनको कार्यदिशा सही चयन गर्नुपर्ने उनको भनाइ छ ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीले उत्पादनसम्बन्धी जानकारी दिँदै पार्टीले लिएको आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् । उनले पार्टी पूर्वी दाङले ६ विघा जग्गा लिजमा लिएर सी बहुउद्देश्य कृषि तथा पशुपंछी फर्म दर्ता गरेर ३ विघा जग्गामा धान खेती र करिब २ विघा जग्गामा तोरी खेती सञ्चालन गरिरहेको जानकारी दिइन् ।
` एउटा राजनीति कार्यकर्ता भनेको मागेर खाने, ठगेर खाने र काम नगरेर खाने झोलेको रुपमा जुन उपमा दिने अवस्था सिर्जना भएको छ´ नेता सम्झनाले भनिन् `र, त्यो खालको वास्तविकता पनि सतहमा देखिराखेको छ । त्यसोभएको कारण त्यसलाई चिर्नको लागि र साथै देशमा थुप्रै उर्भरा जमिन हुँदाहुँदै पनि नेपाली युवाहरू आज दिनदिनै बिदेशी रहेका छन् । र, नेपालमा उत्पादन गरेर खाने संस्कारको सिर्जना गर्नुपर्छ । आफ्नै देशलाई माया गर्ने र आफ्नो देशमै आत्मनिर्भर बनेर एउटा समाज विकास र देश विकासमा युवाहरूलाई सहभागी गर्नुपर्छ भन्ने उद्देश्यसहित उत्पादनमा जोडिएका छौं ।´
नेता सम्झनाको अनुसार रोजगार भनेको सरकारले मात्र दिने होइन् । मागेर पाउने कुरा होइन। रोजगार भनेको हामीले आफै सिर्जना गर्न सक्छौं । र, हामी आफैले सिर्जना गरेको रोजगारले राष्ट्रलाई पनि योगदान पुग्छ र देशलाई पनि योगदान पुग्छ । त्यसोभएको कारण हामी सबैले काम गरेर खानुपर्छ । काम गर्नुपर्छ । एक घर एक उत्पादन, एक व्यक्ति एक उत्पादन भन्ने हाम्रो पार्टीको नीति छ । र, यही अन्तर्गत हामीले यो ६ विघा जमिनमा उत्पादन सुरु गरेका छौं ।
उत्पादन भएको धानलाई काट्न पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान सी, युवा संगठन पूर्वी दाङका अध्यक्ष पदम सी, लगायत पार्टी निकट जनवर्गीय संगठनहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले बिहान ५ बजेदेखि फिल्डमा खटेर “जसरी पनि पानी पिलाउनु छ” भन्ने जुन जिद्दी छ नि, त्यही भएर काम हुन्छ। बजेट जोड्दा जम्मा रू. 33 लाख पुग्यो:* – *गाउँपालिका*: रू. 4 लाख – *UN परियोजना*: रू. 20 लाख – *जिल्ला खानेपानी*: रू. 9 लाख *जम्मा […]

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]

दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य […]

error: Content is protected !!