२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले खेतमा पुगेर धान काटे

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

 

(ABC-Sanchar)
दाङ । घोराही नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान खेतमा पुगेर दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले धान काटेका छन् । पार्टीले घोराही-१६ करौंटी डाँडामा उत्पादन गरेको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् ।
खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै महत्त्वपूर्ण अवसर मिलेको बताएका छन् । उनले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीति दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।
`कुनैपनि कुरा भनेर होइन गरेर देखाउनु पर्छ भन्ने विषय यहाँ लागू भएको छ´ प्रजिअ सुवेदीले भने ` यो धान खेतमै आएर वास्तवमा यहाँहरुसँग जोडिन पाउँदा आफूलाई खुशी महसुस गरेको छु ।´ समाजको परिवर्तन गर्ने नेतृत्व राजनीति दल नै भएको र संसारमा जहाँपनि त्यही हुने हुँदा राजनीति दलले उत्पादनको कार्यदिशा सही चयन गर्नुपर्ने उनको भनाइ छ ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीले उत्पादनसम्बन्धी जानकारी दिँदै पार्टीले लिएको आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् । उनले पार्टी पूर्वी दाङले ६ विघा जग्गा लिजमा लिएर सी बहुउद्देश्य कृषि तथा पशुपंछी फर्म दर्ता गरेर ३ विघा जग्गामा धान खेती र करिब २ विघा जग्गामा तोरी खेती सञ्चालन गरिरहेको जानकारी दिइन् ।
` एउटा राजनीति कार्यकर्ता भनेको मागेर खाने, ठगेर खाने र काम नगरेर खाने झोलेको रुपमा जुन उपमा दिने अवस्था सिर्जना भएको छ´ नेता सम्झनाले भनिन् `र, त्यो खालको वास्तविकता पनि सतहमा देखिराखेको छ । त्यसोभएको कारण त्यसलाई चिर्नको लागि र साथै देशमा थुप्रै उर्भरा जमिन हुँदाहुँदै पनि नेपाली युवाहरू आज दिनदिनै बिदेशी रहेका छन् । र, नेपालमा उत्पादन गरेर खाने संस्कारको सिर्जना गर्नुपर्छ । आफ्नै देशलाई माया गर्ने र आफ्नो देशमै आत्मनिर्भर बनेर एउटा समाज विकास र देश विकासमा युवाहरूलाई सहभागी गर्नुपर्छ भन्ने उद्देश्यसहित उत्पादनमा जोडिएका छौं ।´
नेता सम्झनाको अनुसार रोजगार भनेको सरकारले मात्र दिने होइन् । मागेर पाउने कुरा होइन। रोजगार भनेको हामीले आफै सिर्जना गर्न सक्छौं । र, हामी आफैले सिर्जना गरेको रोजगारले राष्ट्रलाई पनि योगदान पुग्छ र देशलाई पनि योगदान पुग्छ । त्यसोभएको कारण हामी सबैले काम गरेर खानुपर्छ । काम गर्नुपर्छ । एक घर एक उत्पादन, एक व्यक्ति एक उत्पादन भन्ने हाम्रो पार्टीको नीति छ । र, यही अन्तर्गत हामीले यो ६ विघा जमिनमा उत्पादन सुरु गरेका छौं ।
उत्पादन भएको धानलाई काट्न पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान सी, युवा संगठन पूर्वी दाङका अध्यक्ष पदम सी, लगायत पार्टी निकट जनवर्गीय संगठनहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । जसअनुसार भारतबाट २४ हजार ४४३ जना नेपाल आएका थिए । त्यस्तै अमेरिकाबाट ११ हजार ४६१, चीनबाट ७ हजार ६०१ जना नेपाल घुम्न आएका छन् । […]

  (महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाबीचको वैठकमा निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो । रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख […]

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार शनिवारदेखि सुरु (ABC-Sanchar) काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिवार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । […]