(एबिसि संचार ) नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।ठमेलबाट युवती लगेर लुटपाट गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका २५ तरहराका २८ वर्षीय मदन पुरी, इटहरी उपमहानगरपालिका १९ का २५ वर्षीय सन्तोष पुरी र तीन जना प्रहरी पक्राउ परेका थिए ।
प्रकाउ पर्ने प्रहरीमा सहायक हवल्दार ३३ वर्षीय खगराज अधिकारी, प्रहरी जवान २२ वर्षीय भुवन बराल र प्रहरी सहायक निरीक्षक ४३ वर्षीय सुनबहादुर तामाङ रहेका छन् ।
उनीहरूले आफूलाई कुटपिट गर्दै ४७ हजार ५ सय रुपैयाँ लुटपाट गरेको भन्दै कुमार रोकाले जाहेरी दिएका थिए । उनकै गाडीमा तीन जना युवती बोलाएको प्रतिवादीहरुमाथि आरोप छ । रोकाको जाहेरीपछि तीन जना प्रहरीलाई असोज २३ गते र दुई जनालाई २४ गते पक्राउ गरेको थियो ।