ABC (क्राईमबिट)
काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) स्रोतका अनुसार सामूहिक हत्याको १३ दिनपछि मृतकका एक आफन्तलाई पक्राउ गरिएको हो । सिआइबीले डिएसपी धर्म भण्डारीको नेतृत्वमा अनुसन्धान टोली मुगु पठाएको थियो । सोही टोलीले मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही पक्राउ गरेका हो ।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।