२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मखमली र सयपत्रि फुलहरु पाइन छाडे बजारहरुमा प्लाष्टिकका फुलहरु बिक्री हुँदै सागर थापा

Logo
Abc Sanchar प्रकाशित शनिबार, कार्तिक २५, २०८०

 

(सागर थापा)
दाङ । प्लाष्टिकका मालाको माग बडेको केही बर्षयता देखि मखमलि र सयपत्रि फुलको अभाव भए पछि प्लास्टिक कपडाको मालामा भारी वृद्धि भएको हो।अहिले तिहारलाई लक्षित गरि ब्यपारिहरुले प्लाष्टिकका माला भारतबाट ल्यएका छन्।

दाङको बजार लगायतका बिभिन्न स्थानमा रङ्गिचङ्गी प्लास्टिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। पुरै बजार मालाले सिङ्गारिएको छन् भने ब्यापारीले ग्राहकलाई आकर्षक गर्न पसलमा मालाहरु सजाएर राखेका छ्न।

घोराही बजारका ब्यपारी बिष्णु गुप्ताले बजारमा मखमली र सयपत्रि फुल आउनै छाडेपछी केही बर्षयता देखि प्लास्टिकका मालाहरु प्रती ग्राहक आकर्षक भएको बताए। रक्षा बन्धन पछि तिहारमा माला सबैभन्दा बढी बिक्रि हुने भएकाले आफुले भारतबाट माला ल्याएको गुप्ताले जनाए । पाँच रुपैयाँ देखि साडे तिनसय मुल्यमा माला बिक्रिका लागि राखेको भन्दै उनले तिहारमा हजारौं बढीको मालाहरु बिक्रि हुने बताए।

प्रत्येक माला ब्यापारिले न्युनतम ५० हजार देखि एक लाख सम्म कारोबार हुने बताएका छन।त्यस हिसाबले नै जिल्लामा नै यस्को लाखौंको कारोबार हुने पुष्ठि गरेको छ।अहिले सबैजसो बजारमा माला किन्नेहरुको भिडभाड बदेको छ।जिल्लामा ब्यबसायिक फुलखेती नभएको जिल्ला कृषि बिकास कार्यालय दाङले जनाएको छ।

उता तिहारमा भाडाकुडा बिभिन्न रंग ओखर लगायतको कारोबारमा समेत वृद्धि भएको ब्यापारिहरु बताउँछन्।अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार व्हात्तै बदेको हो।अरु समयमा फाटफुट मात्र ब्यापार हुने लगायतका बजारहरुमा भाडाहरुको पसलमा निकै भिडभाड बदेको देखिन्छ। खासगरि जिल्लमा तिहारको धनव्न्तरी दिवसको दिन भाडाकुडा खरिद गर्ने चलन भएकाले येस्को ब्यापारमा वृद्धि भएको ब्यापारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]