२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सरकारले फेसबुक ट्विटर पनि प्रतिबन्ध गर्न सक्छ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २७, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध गलत भएको बताएका छन् ।

प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नेहरुबाट टिकटक बन्द हुनु अनसचित हुने भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो निर्णय निरंकुशताको बाटो हो ।’

अध्यक्ष लिङ्देनले कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नपाइने बताएका छन् ।

‘आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिन्छ’, उनले भने ।

नेता लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अबिलम्ब फिर्ता लिन पनि माग गरेका छन् । कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ रहेको तर त्यही नाममा प्रतिबन्ध स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]