२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगन्जको सडकमा छाडा चौपायाहरु दुर्घटनाको कारण ४० जनाले ज्यान गुमाए

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०१, २०८०

 

(ABC-Sanchar)
बाँके । छाडा पशु चौपाया व्यवस्थापन हुन सकेको छैन। नेपालगन्ज उपमहानगरले नगरभित्र र बाहिरका स्थानीयले आफ्ना गाईगोरू, घोडा गधा सडकमा निरन्तर छोड्दा चुनौती बढेको छ। सीमा नाकाबाट भित्रिएका छाडा चौपायाका कारण यो समस्या विकराल बन्दै गएको जनाएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पटकपटक छाडा चौपाया व्यवस्थापनका लागि प्रयास गरिए पनि सफल हुन नसकेको बताउनुभयो। उहाँले स्थानीयको असहयोगका कारण छाडा चौपाया व्यवस्थापन गर्न नसकिएको बताउनुभयो।

बाँकेका स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरे पनि त्यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। विगत केही वर्षदेखि नेपालगन्ज र कोहलपुरको बजार क्षेत्र मात्र नभएर ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले पनि छाडा पशु चौपायाको कारण दिनदिनै हैरानी खेपिरहेका छन्।

नेपालगन्ज र कोहलपुरका बजार तथा मुख्य सडक र ग्रामीण क्षेत्रका दोबाटोमा जताततै छाडा चौपायाको बथान देखिन्छ। छाडा पशु चौपायाका कारण किसानको बालीनाली नोक्सानीसँगै सवारी दुर्घटना बढिरहेको छ।

खान मात्र नभई छाडा पशु चौपायकै कारण नेपालगन्ज, कोहलपुर, खजुरामा धेरै सडक दुर्घटना भइसकेका छन्।

बाँकेका आठ वटै पालिकामा छाडा चौपायाको समस्या छ। यो समस्या समाधान गर्ने प्रतिबद्धता गरेका जनप्रतिनिधिका लागि यो विषय अहिले चिन्ताको विषय बन्दै गएको छ।

छाडा पशुचौपाया व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरले राप्ती सोनारी गाउँपालिकासँग सहकार्य गरेर चार सय गाई गोरुको व्यवस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन।

छाडा चौपाया व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले भौतिक पूर्वाधार बनाउनका लागि राप्ती सोनारी गाउँपालिकालाई ३५ लाख रुपियाँ निकासा गरिसकेको नगरप्रमुख विष्टको भनाइ छ।

यस्तै कोहलपुर नगरपालिका पनि छाडा चौपायको व्यवस्थापनमा जटायु कम्पनीसँग समन्वय गरेर काम गरिरहेको नगर प्रमुख पूर्णप्रसाद आचार्यको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार छाडा पशुचौपायाका कारण बाँके जिल्लामा तीन वर्षमा ४० जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]