२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियारहरु पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ०३, २०८०

 

ABC (क्राईमबिट)
रौतहट । यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्यागेजिन ६ वटा तथा एअर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले आइतबार दिउँसो तलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ ।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, दशेख एजाज अहमदको नाममा जारी भएको नागरिकतासमेत बरामद भएको डिएसपी थापाले बताए । प्रहरीको अपरेसन अहिले पनि जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]