२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु दुई जना घाइते

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ०३, २०८०

 

(ABC-Sanchar)
दाङ । तुलसीपुरस्थित बिजौरीमा आइतबार बेलुकी दुई मोटरसाइकल एक आसपमा ठोक्किदा दाङका एक जनाको मृत्यु छ । सोही दुर्घटनामा परि सल्यान जिल्लाका दुई जना घाइते भएका छन् ।

दाङको शान्तिनगर गाउँपालिका – ५ का २८ बर्षीय अमृत केसीको उपचारका क्रममा राति ९ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बेलुकी सवा ६ बजेतिर तुलसीपुरबाट घोराही तर्फ जान्दै गरेको रा ७ प ६५५४ नम्बरको केसी सवार मोटरसाइकल र घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ८४६४ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीमा एक आपसमा ठोक्किएका थिए ।

इप्रका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलका अनुसार टाउको लगायत शरिरका बिभिन्न भागमा गभ्भीर चोट पटक लागेका केसीको उपचारका क्रममा राति नौं बजेतिर मृत्यु भएको हो ।

सोही दुर्घटनामा परि रा ४ प ८४६४ नम्बरको मोटरसाइकल सवार सल्यानका दुई जना घाइते भएका छन् । सल्यान जिल्लको सारदा नगरपािलका – १ श्रीनगरका २४ बर्षीय चाकल दिनेश बुढाथोकीको अनुहार , बायँ हात लगाएतमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डिएपसी पोखरेलले जानकारी दिएका छन् ।

उनको पछाडि सवार शारदा – ६ का २४ बर्षीय कमल केसीपनि घाइते छन् । उनको बायाँ हातमा चोट लागेको भएपनि अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुबैको तुलसीपुरमै उपचार भइ रहेको छ ।

चालक बुढाथोकीले मापसे गरेको स्वास्थ्य परिक्षण बाट पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]