२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मङ्सिर ७ गतेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको आग्रह

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर ०६, २०८०

 

(ABC-Sanchar)
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बिहीबार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा राजधानीमा छुट्टाछुट्टै प्रदर्शन हुने भए पनि आयोगले यस्तो आग्रह गरेको हो ।

 

प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरू मार्फत सार्वजनिक भएका सूचना तथा सामाचारहरुप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।

‘आयोगले यस सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्तिहरु एवम् सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका सामग्रीहरूलाई गम्भीर रूपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ । दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्तिहरु दिने जस्ता गतिविधिहरू भएको पाइएकोले यसबाट सर्वसाधारण नागरिकहरूमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयतता अपनाउनु प्रदर्शनकारीहरूकै प्राथमिक दायित्व हुने स्मरण गराएको छ । ‘अतः नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आयोग प्रदर्शनरत पक्षलाई आग्रह गर्दछ । शान्तिपूर्ण रूपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकहरुमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]