(ABC-Sanchar)
काठमाडौं । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्।
उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ।