२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली भुटानी शरणार्थी प्रकरणमा सकियो खाँणको बहस मंगलबार राईमाझीको हुने

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ११, २०८०

 

(ABC-Sanchar)
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ।

गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रममा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको बहस खाँणका तर्फबाट वकालत गर्ने क्रममा कानुन व्यवसायीहरूले आज बहस सकेका हुन्। खाँणको तर्फबाट आइतबार पनि बहस भएको थियो।

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए। खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरूले बहस गरेका छन्। आइतबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए। त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका हुन्।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दै राखेर सुनुवाइ भइरहेको छ। मङ्गलवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट बहस हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]