२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सिमावर्ती क्षेत्रबाट अबैध ८ लाख रकमसहित सशस्त्र प्रहरीले १ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १७, २०८०

 

ABC (क्राईमबिट)
सिरहा । सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे।क्वा।सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेकोग निर्देशणमा बिओपि बरियारपट्टीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित एकजनालाई पक्राउ गरेको छ ।

श्रोत नखुलेको अबैध बाकी गईरहेको सुचना आउन साथ बरियारपट्टी गाउँपालिका वडा नं. ३ चमारटोल स्थित चेकपोईन्ट टोलिले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा बोकी ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया ८ लाख रुपैया सहित बरियारपट्टी गाउँपालिका वडा नं. २ श्रीपुर निवासि ४२ वर्षीय मोहमद फिरोजलाई पक्राउ गरिएको हो ।

फिरोजसहित रकमलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वाटर सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए ।

गणपति गैरे सिरहाको कमाण्ड सम्हाले देखि सिरहा अवस्थित सिमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था काडा पारिएको छ । काडा पारिएको सुरक्षा व्यवस्थाले तस्करी देखि अबैध कारोवारमा प्रतिबन्ध लागेको देखिन्छ ।

गणपति गैरे सिमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कुनै कमी गरे सहन नहुने भन्दै सतर्क रहन आफना मातहतलाई निर्देशन लिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]