२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बलात्कारको झुठो जाहेरी दिएर फसाउन खोजेको आरोपमा एकजना महिला पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १७, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।

कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए ।

विशालका अनुसार उनले गत असोज १ नेपाली सेनाको जागिर छाडेका थिए । कमलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटेल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढङ्गले अनुसन्धान अगाडि बढाएको थियो ।

सरकारी वकिलसँगको बयानमा कमलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । उनका अनुसार ३÷४ वर्षअघि रमेशले सञ्चालन गरेको होटलमा उनी काम गर्थिन् । त्यसयता आफूलाई बेलाबखत उनले पैसा पनि दिने गरेको बयानका क्रममा उल्लेख गरेकी छिन् ।

२/३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि बताएकी छिन् । विभिन्न दबाब दिएर आफूलाई जाहेरी दिन लगाइएको उनको भनाई छ । रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको कमलाको दाबी छ ।

विशालका अनुसार बलात्कार भएको भनिएको दिन उक्त होटलमा उनकै मोबाइल नम्बर इन्ट्री गरिएको थियो । उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । रमेश भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । रमेश र अनिताविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]