२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर १८, २०८०

(एबिसि संचार )                                                      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे । अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए । उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे । केही समय अगाडि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]