२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कर्णाली नदिमा फिरन्ते तथा पर्यटक चराको तटीय क्षेत्र गुल्जार रमणीय बन्दै

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर १९, २०८०

 

(ABC-Sanchar)
धनगढी । जाडो छल्न आएका पाहुना चराका कारण कैलाली र बर्दियाको सीमा क्षेत्रमा रहेको तल्लो कर्णाली क्षेत्र गुल्जार बनेको हो ।

नेपालको उत्तरी क्षेत्र साइबेरिया, मङ्गोलिया, उत्तरी चीन र रसियालगायतका देशबाट विभिन्न प्रजातिका जलपन्छी चरा यहाँ आइपुगेका छन् । जाडो छल्न आएका पाहुना जलपन्छीका कारण कर्णाली नदीको तल्लो तटीय क्षेत्रको रौनकता थपिएको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो ।

“कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका जलपन्छी हिउँदमा रमाउन आएका हुन्,” उहाँले भन्नुभयो । तल्लो कर्णालीमा कल हाँस, खरखरे हाँस, सुनजुरे हाँस, जुरे डुबुल्की चरा, ठुलो जलेवा, जखेवालगायत आगन्तुक जलपन्छीको चहलपहल रहेको जनाइएको छ । उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि जाडो छल्नका लागि यीसहित विभिन्न प्रजातिका जलपन्छी कम जाडो हुने क्षेत्रको जलाशयमा रमाउन आउने गरेका छन् । अहिले कैलाली, कञ्चनपुरमा रहेको नदी र तालतलैयामा पर्यटक चरा रमाइरहेका छन् ।

यस वर्ष तल्लो कर्णालीमा कल हाँस हालसम्मकै ठूलो सङ्ख्यामा आएका छन् । जाडो छल्नका लागि ७८ वटा कल हाँस कर्णाली नदीको तल्ली तटीय क्षेत्रमा आएको अभिलेख छ ।

कल हाँसको यो सङ्ख्या सन् २००६ पछि यताकै सबैभन्दा बढी रहेको चराविद् डङ्गौराको भनाइ छ । यसअघि एक जोडीसम्म कल हाँस देखिने गरेका थिए । यो प्रजातिको चरा कञ्चनपुरको बेलौरीस्थित पुरैनी तालमा बढी आउने गरेका छन् । गत वर्ष यो तालमा तीन सयको हाराहारीमा कल हाँस आएका थिए । अक्टोबरतिर आइपुगेका आगन्तुक जलपन्छी करिब छ महिना यहाँ बिताउने गरेका छन् । मार्चतिर पुरानै थातथलोतिर फर्कने गरेको जनाइएको छ । घाँसे मैदानसहितको नदी तटीय क्षेत्रलगायत उपयुक्त बसोबास रहेका कारण तल्लो कर्णाली क्षेत्रमा हरेक वर्ष हिउँदमा आगन्तुक चराको चिरबिर बढी रहने गरेको चराविद् डङ्गौराको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]