(एबिसि संचार ) अवैध सुन र चाँदीसहित एक भारतीय नागरिकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र स्थायी घर भएका ३९ वर्षीय सचिन बिभूते रहेका छन् । उनको साथबाट स्रोत नखुलेको रकमसहित विभिन्न सामान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।