२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा ई-रिक्सा ब्यवस्थापन गर्न सुरु रातो नम्बर प्लेटका रिक्साहरु नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर १९, २०८०

 

(महेन्द्र सिंह)
बाँके । नेपालगंज उप-महानगरपालिकाको नेतृत्व र स्थानिय प्रशासनको समन्वय एवं सहकार्यमा ई-रिक्सा ब्यवस्थापनको कार्य आज बाट भएको छ ।

रातो नम्वर प्लेट ( निजि ) को ई-रिक्सालाई कालो प्लेट ( भांडा ) को रिक्सामा परिवर्तन गर्न प्रोत्साहित गर्ने ।
आफू खुशी रातोलाई कालो प्लेट बनाएकाहरुलाई पनि कानून बमोजिमको प्रकृया पूरा गरि कालो प्लेटमा रुपान्तरण गर्न प्रोत्साहित गर्ने हो । अहिले सम्मको चेकिङबाट १३२ थान ई-रिक्सा नियन्त्रणमा लिइएको छ ।

यात्रु बोक्ने रातो नम्बर प्लेटका इ-रिक्सा विरुद्ध कठोर बनेका छ नेपालगन्ज उपमहानगरपालिका । नीति-नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इ-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा ‘होल्ड’ गरेर राखिएको छ । यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न दिइने छैन । मेयर प्रशान्त बिष्टले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]