(एबिसि संचार )
नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् ।भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई मङ्गलवार पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको छ ।प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ ।