२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रमुखको गाडी तोडफोड

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर २७, २०८०

(एबिसि संचार )                                                                बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको  छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।आन्दोलनरत शिक्षक कर्मचारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।  सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामूदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् । उक्त नगरपालिकामा कानुनी रूपमा नगरसभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् । उनीहरु दुई महिनादेखि  सेवा सुविधाको माग गर्दै नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]