२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर २७, २०८०

(एबिसि संचार )                                                              काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना  घाइते भएका छन् । बुधबार साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको परिचय खुलिसकेको छैन । अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा५ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]