२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कुवेतका अमिर शेख नवाफको निधन

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ३०, २०८०

(एबिसि संचार )

कुवेतका अमिर शेख नवाफ अल अहमद शबाहको निधन भएको छ।

८६ वर्षको उमेरमा उनको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कुवेतको शाही अदालतले उनको निधन भएको सार्वजनिक गरेपनि निधनको कारण भने खुलाएको छैन।

रोयटर्सका अनुसार नवाफ गत महिना अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको स्वास्थ्यमा अकास्मात् समस्या आएको भन्दै अस्पताल लगिएपनि उनको स्वास्थ्य स्थिर रहेको भनिएको थियो।

उनको निधनपछि ८३ वर्षीय शेख मेशाल अल अहमद अल सबाहलाई नवाफको उत्तराधिकारी घोषणा गरिएको छ।

तीन वर्षयता कुवेतको शक्तिमा आएका नवाफ उमेरले कमजोर बन्दै गएपछि सन् २०२२ देखि शेख मेशालले नै त्यहाँको शासन सञ्चालन गर्दै आएका थिए।

शेख नवाफको निधनपछि शनिबार औपचारिक रूपमा शेख मेशाललाई उत्तराधिकारी घोषणा गरिएको हो।

कुवेतको संविधानमा उत्तराधिकारी स्वतः अमिर बन्ने व्यवस्था छ। तर, संसदबाट शपथ लिएपछि मात्र सत्ता ग्रहण गर्न सक्नेछन्।

नवनियुक्त अमिरले एक वर्षपछि आफ्नो उत्तराधिकारी तोक्न सक्नेछ।

शेख  नवाफ उनका दाइ शेख सबाहको निधनपछि सन् २०२० मा कुवेतको अमिर बनेका थिए। शेख सबाह एक दशकभन्दा बढी कुवेतको शासनसत्ताा रहे।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]