२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

५५ किलो लागुऔषध बरामद

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०१, २०८०

(एबिसि संचार )

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो ३२ ग्राम गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले भन्सार कार्यालयको कार्गो कम्प्लेक्सबाट लागुऔषध गाँजा ५५ किलो ३२ ग्राम बुधबार बरामद गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

कतार एयरवेजबाट अमेरिका हुँदै नेपाल आएका २४ वटा कार्टुनहरु शंकास्पद देखिएपछि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म्युजिकल बक्साहरूभित्र लुकाइ ल्याएको गाँजा फेला पारी बरामद गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]