०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०७, २०८०

(एबिसि संचार )                                                              ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए। कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो । यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्ने छ।उनीहरूका लागि पछि छुट्टै समय तोकेर आवेदन खुला गर्ने तयारी ईपीएस कोरिया शाखाले गरेको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको व्यक्तिगत फोटो, भिडियो वा च्याट देखाएर पैसा माग्ने *ब्ल्याकमेलरलाई* प्रहरीले पक्राउ गरेको छ।ं *के भएको थियो:* पीडितसँग अनलाइन कुराकानी, भिडियो कल वा व्यक्तिगत फोटो आदानप्रदान गरेर आरोपीले त्यही सामग्रीको स्क्रिनसट/रेकर्डिङ देखाएर पैसा नदिए सार्वजनिक गर्ने धम्की दिएको थियो। डर र लाजका कारण पीडितले पटक-पटक रकम पठाएपछि उजुरी परेको […]

error: Content is protected !!