०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मौसम पूर्वानुमान महाशाखाको अनुरोध

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष ०९, २०८०

(एबिसि संचार )

देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक शर्तकता अपनाउन सबैमा अनुरोध गरे । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने । आज कोशी, वाग्मती र ण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु÷कुइरो लागेको थियो । आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव चार र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ । तापक्रम घटेकाले काठमाडौँमा अत्याधिक चिसो बढेको छ ।

दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]