२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राजेन्द्र महतोलाई कारबाही गर्ने

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष १२, २०८०

(एबिसि संचार )                                                              लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई अनुशासनको कारबाही गर्ने भएको छ । वरिष्ठ नेता महतोले केही दिनदेखि पार्टीेको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने तयारी भइरहेको छ ।पार्टीका महासचिव डा.सुरेन्द्र झाले भने, ‘महतोज्यू पार्टीको दोस्रो मुख्य व्यक्ति हुनुहुुन्छ, र पार्टीकै विरुद्धमा बोल्दै हिँड्नु भएको छ । यो पार्टीको अनुशासन विपरीत कार्य हो । यसमा उहाँलाई कारबाही हुनसक्छ ।’नेता महतोले पछिल्लो समय पार्टीको हित विपरीत गर्दै आएका गतिविधिको बारेमा पार्टीले अध्ययन गरिरहेको महासचिव झाको भनाइ छ । महतोले बोलेका विषयमा विश्लेषण भइरहेको पनि उनले बताए ।

महासचिव झाका अनुसार महतोले पार्टी र पार्टीका अध्यक्ष महन्थ ठाकुरको बारेमा स्तरहीन अभिव्यक्तिहरु दिइरहेकाले पार्टीमा छलफल गरेर उनलाई कारबाही गर्न सकिने बताए ।उनले भने, ‘पार्टीमा कुनै विषयमा असहमति छ भने पार्टीभित्रै छलफलको माध्यमबाट समाधान गर्न सकिन्छ तर ती सबै छाडेर पार्टीका आन्तरिक विषयहरुमा उहाँले बाहिर जथाभावी बोल्दै हिँड्नुभएको छ ।’

पार्टीका अध्यक्ष ठाकुरले सार्वजनिक गरेको केन्द्रीय समितिको नामावलीमा नेता महतोलाई चित्त बुझेको छैन । उनले आफ्ना थुप्रै मान्छे छुटेको भन्दै उनीहरुलाई समावेश गर्न माग गरेका छन् ।

अध्यक्ष ठाकुरले पनि विभिन्न छलफल तथा बैठकमा केन्द्रीय समिति विस्तार गर्ने र छुटेका व्यक्तिलाई समावेश गर्ने प्रतिवद्धता जनाएका छन् । तर त्यही प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै नेता महतो अध्यक्ष ठाकुरप्रति आक्रोशित छन् ।

पछिल्लो समय पार्टीका नेता एवं मधेसका प्रदेशसभा सदस्य अभिराम शर्मालाई अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले सरकारबाट पार्टीलाई फिर्ता गर्न अध्यक्ष ठाकुरसमक्ष आग्रह गरेका थिए । तर अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन यथावत रहने र अभिराम शर्माको बारेमा कानुनी उपचार खोज्ने भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यसप्रति नेता महतो झन् असन्तुष्ट बनेका छन् । उनी अहिले तराई मधेसमा गएर पार्टी र पार्टीका अध्यक्ष ठाकुरको भण्डाफोरमा लागेका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]