(उपेन्द्र प्रताप सिंह) दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, कुसुम राप्ती लगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर चल्न थालेको छ ।अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् ।