२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

८ लाख बढीको मोबाइल, अवैध सुर्ती र काठ बरामद

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष १८, २०८०

(एबिसि संचार )                                                                रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाइल, सुर्ती र अवैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थानबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको  टोलीले  तल्लो बजार स्थित चपुर गौर सडक खण्डमा  चेकजाँच गर्ने क्रममा गौरबाट  चन्द्रनिगाहपुरतर्फ आएको  बसको डिक्कीमा  ३ ओटा बोरा भित्र रहेको कार्टुनमा विभिन्न कम्पनीहरूको मोबाइलहरू फेला परेको थियो। बरामद ३८७ थान मोबाइल कुल आठ लाख अठार हजार नौ सय छ रुपैयाँ मूल्याङ्कन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।त्यस्तै प्रहरी चौकी औरैया र प्रहरी चौकी मठिया महुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले  ईशनाथ नगरपालिका ३ र ४  स्थित चेकजाँच गर्ने क्रममा मधेस प्र।०३(०२४प।३०३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल १ थान र  सुर्ती २०८ किलो बरामद गरेको छ। दुई लाख चार हजार मूल्याङ्कन सहित मोटरसाइकल र सुर्ती आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको एसपी  श्रेष्ठले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]