२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पाकिस्तानमा विस्फोट : ५ जनाको मृत्यु, १४ घाइते

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष २३, २०८०

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु भएको छ ।  घटनामा कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् । प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम विस्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ । घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठुलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]