२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आधा केजी सुन तस्करी प्रकरणमा इन्सपेक्टरसहित चार प्रहरीलाई सफाइ

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष २३, २०८०

(एबिसि संचार )                                                              तस्करीको करिब आधा केजी सुन बरामद गरी बाँडफाँड लुकाएको आरोप लागेका नेपाल प्रहरीका इन्सपेक्टरसहित चार जना प्रहरीले अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । साढे तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार फैसला सुनाउँदै बिशेष अदालतले सफाइ दिएको हो ।

रसुवाको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर खेमप्रसाद नेपाल, हवल्दार रामकाजी लामा, पुरुषोत्तम खत्री र रामशरण रिमालविरुद्ध राजश्व चुहावटको मुद्दा दायर भएको थियो । ६ लाख ७७ हजार रुपैयाँ बराबरको सुन उनीहरुले बाँडेर लिएको अभियोग थियो। जसमा अख्तियारले १२ असार २०७७ मा मुद्दा दायर गरेको थियो । सुन भने बरामद भएको थिएन ।

जसमा प्रतिकुल बयान गरेको आधारमा कल्याणी सुवेदीविरुद्ध समेत गत असोजमा मुद्दा दायर भएको थियो । सुवेदीले समेत सफाई पाएकी छिन् ।

रसुवा नाकाबाट तस्करी भएको सुन टिमुरे चौकीले बरामद गरेकोमा प्रहरीले नै लुकाएको भन्दै छानबिन भएको थियो । सुन धनीकै उजुरीका आधारमा छानबिन भएको थियो । अनुसन्धानका क्रममा सुरुमा अख्तियारले इन्सपेक्टर नेपालसहित १६ जनालाई निलम्बन गरी अनुसन्धान गरेको थियो । जसमा चार जनाको संलग्नता देखिएपछि मुद्दा दायर भएको थियो । पीडित महिलाले नै अदालतमा फरक बयान दिएपछि उनीहरुले सफाइ पाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]