१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

आधा केजी सुन तस्करी प्रकरणमा इन्सपेक्टरसहित चार प्रहरीलाई सफाइ

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष २३, २०८०

(एबिसि संचार )                                                              तस्करीको करिब आधा केजी सुन बरामद गरी बाँडफाँड लुकाएको आरोप लागेका नेपाल प्रहरीका इन्सपेक्टरसहित चार जना प्रहरीले अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । साढे तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार फैसला सुनाउँदै बिशेष अदालतले सफाइ दिएको हो ।

रसुवाको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर खेमप्रसाद नेपाल, हवल्दार रामकाजी लामा, पुरुषोत्तम खत्री र रामशरण रिमालविरुद्ध राजश्व चुहावटको मुद्दा दायर भएको थियो । ६ लाख ७७ हजार रुपैयाँ बराबरको सुन उनीहरुले बाँडेर लिएको अभियोग थियो। जसमा अख्तियारले १२ असार २०७७ मा मुद्दा दायर गरेको थियो । सुन भने बरामद भएको थिएन ।

जसमा प्रतिकुल बयान गरेको आधारमा कल्याणी सुवेदीविरुद्ध समेत गत असोजमा मुद्दा दायर भएको थियो । सुवेदीले समेत सफाई पाएकी छिन् ।

रसुवा नाकाबाट तस्करी भएको सुन टिमुरे चौकीले बरामद गरेकोमा प्रहरीले नै लुकाएको भन्दै छानबिन भएको थियो । सुन धनीकै उजुरीका आधारमा छानबिन भएको थियो । अनुसन्धानका क्रममा सुरुमा अख्तियारले इन्सपेक्टर नेपालसहित १६ जनालाई निलम्बन गरी अनुसन्धान गरेको थियो । जसमा चार जनाको संलग्नता देखिएपछि मुद्दा दायर भएको थियो । पीडित महिलाले नै अदालतमा फरक बयान दिएपछि उनीहरुले सफाइ पाएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुस । विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ। यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। दुवै घटना बुधबार आएको […]

दाङ । नेपाल प्रहरी श्रीमती संघको “४१ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्बिकेश्वरी मन्दिर परिसर र घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया स्थित शिव पार्वती तथा राधाकृष्ण मन्दिर गुलरिया परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न ।

काठमाडौं । ललितपुर नेपाल प्रहरी श्रीमती संघको ४१ औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा र जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थान मन्दिर लगनखेल परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रमका प्रमुख अतिथि श्री नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रुपा थापाज्यू, विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय […]

error: Content is protected !!