०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

लुम्बिनी प्रदेशमा डीआईजी कुवेर कडायतको सरुवा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष २४, २०८०

   (सागर थापा)                                                                        गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेको छ । ७ वटै प्रदेशका डीआईजी परिवर्तन भएका छन् । कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध पाँचथर पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो । वडाध्यक्ष बिमल राईका अनुसार चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ […]

(सिमा गुरुङ) बुटवल । केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट कार्यालयको सम्पूर्ण वस्तुस्थिति, कोत गारदको निरीक्षण साथै यस केन्द्रका प्रहरी कर्मचारीहरु र उन्नत तालिमका प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक भवन, आदिको निरिक्षण गर्नुको साथै टर्नआउटमा उत्कृष्ट हुने पहिलो,दोश्रो र तेस्रो प्र.क. हरुलाई उत्प्रेरणा अभिवृद्धि स्वरुप “समादेशक निरिक्षण TOKEN PRIZE” समेत प्रदान गर्नुभएको थियो ।

(रोशन निधि) पर्सा । पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ भथौडा बस्ने वर्ष २३ को अमित कुमार चौधरीले आफ्नै गाईगोठमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा मीति २०८१-०३-०१गते अन्दाजी १६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्‍याइ खानतलासी गर्दा उक्त गोठको भुषमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ […]