३१ साउन २०८२, शनिबार
16-08-2025 , Sat
×

लागुऔषधसहित शङ्खरापुरबाट ८ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष २६, २०८०

(एबिसि संचार )                                                              काठमाडौंको शङ्खरापुर नगरपालिका–३ घट्टेडाँडाबाट अवैध लागुऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्रबहादुर लामा समेत ६ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले लामाको टहरो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३२ मिलिग्रामसहित उर्लाबारी नगरपालिका–३ बस्ने २७ वर्षीय अर्जुन दाहाललाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गोकर्णेश्वर नगरपालिका विच समझदारी पत्र आदान प्रदान र प्रहरी भवन समुद्‍घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न । माननीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार […]

  काठमाडौं । कारागारबाट उनलाई विमानस्थल ल्याइसकिएको छ । तर चार बजेसम्म जहाज उडेको छैन । रविलाई ल्याउने भनेपछि विमानस्थलमा लामो भीड जम्मा भएको छ । यस्तै त्रिभुवन विमानस्थलमा पनि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरु पुगिसकेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत […]

error: Content is protected !!