२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालले दक्ष कामदारका लागि दक्षिण कोरियाबाट आएको ४ हजारको कोटा गुमाएको छ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष २६, २०८०

(एबिसि संचार )

नेपालले दक्ष कामदारका लागि दक्षिण कोरियाबाट आएको ४ हजारको कोटा गुमाएको छ । सरकारले समयमै माग प्रमाणीकरणबारे निर्णय नगर्दा हाई स्किल (दक्ष जनशक्ति) का लागि आएको ४ हजार कोटा गुमाउन पुगेको हो ।

बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले जनवरीसम्ममा ई–७ भिसामार्फत दक्ष कामदारका लागि आएको ४ हजारको माग गुमेको बताए । समयमै दूतावासले माग प्रमाणीकरण नगरिदिँदा उक्त कोटा कोरियाले बंगलादेश र फिलिपिन्सलाई दिएको उनले बताए ।रास्वपाका सांसद डीपी अर्यालले ई–७ भिसामा कोरिया पठाउन भन्दै प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ उठाउन थालिएको भन्ने सूचना आएको भन्दै उक्त विषयमा जवाफ मागरेका थिए । उक्त विषयमा जवाफ दिँदै सचिव भण्डारीले मन्त्रालयको नक्कली पत्र देखाएर इलाममा पैसा उठाउने गिरोह सक्रिय रहेको जानकारी आफूले समेत पाएको बताएका थिए ।

उनले भने, ‘इलाममा पत्रहरू देखाएर पैसा लिएको कुरा हामीले पनि सुनेका छौँ । यो विषयमा हामीले सम्बन्धित कम्पनीलाई समेत बुझेका थियौँ । तर, त्यसमा केही भएको छैन ।’

नेपालबाट हाल ई–९ भिसा अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत श्रमिकहरू कोरिया जाने गरेका छन् । कोरियाले दक्ष कामदार लैजान ई–७ भिसा मार्फत ४ हजार जनाको माग मेनपावर मार्फत गरेको थियो । तर, साउदीस्थित नेपाली दूतावासले माग प्रमाणीकरण नगरिदिँदा जनवरीसम्म आएका ४ हजार जनाको माग गुमेको सचिव भण्डारीले बताए ।

कोरियाले ईपीएस अन्तर्गतका १६ वटै देशबाट ई–७ भिसा मार्फत श्रमिक लैजाने प्रस्ताव गरेको थियो । तर, नेपालका लागि आएका मागहरू समयमै प्रमाणीकरण नगर्दा उक्त माग गुमाउनुपरेको सचिव भण्डारीले बताए ।

माग प्रमाणीकरणको सन्दर्भमा वैदेशिक रोजगार ऐन अनुसार माग प्रमाणीकरणको लागि दूतावासमा निवेदन दिनुपर्छ । दूतावासले १५ दिनभित्रमा माग प्रमाणीकरण गर्नुपर्छ । त्यो भित्रमा दूतावासले प्रमाणीकरण नगरिदिएपछि मन्त्रालयसम्म आएको उक्त मागमा कुनै निर्णय हुन नसकेको हो ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!