३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

३ करोड लिटर पानी जमिनमुनि पठाइने

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ ०५, २०८०

(एबिसि संचार )                                                              बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब ३ करोड लिटर (३० हजार किलोलिटर) पानी पुनः भरण हुने प्रणाली निर्माण गरिएको छ । यो बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । काठमाडौँ महानगरपालिकाले कोकाकोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा प्रणाली विकास गरेको हो । रिचार्ज प्रणालीमा २१ वटा फिल्टर च्याम्बर, २१ वटा रिचार्ज इनार, दुईवटा डिसिल्टिङ चेम्बर, ७५ फिट अग्लो रिचार्ज ट्रेन्च र सातवटा बाँसका चेक ड्याम बनाइएको छ । निर्माण साझेदारले संयुक्त रुपमा शुक्रबार प्रणाली र यसको सञ्चालन गर्ने विधि पुस्तिका महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई हस्तान्तरण गरेका छन् ।

परियोजना बुझिसकेपछि उपप्रमुख डंगोलले, बालाजु क्षेत्रमा पानीको प्राकृतिक बहाव बढ्ने अपेक्षा व्यक्त गरिन् । ‘सहरमा पानीको अभाव छ । बर्खाको पानी बगेर खेर जान्छ । हिउँदमा पानीको अभाव आउँछ । यसलाई सन्तुलन गर्न पानी पुनः भरण प्रणालीको प्रवर्धन गरिरहेका छौँ,’ उनले भनिन्, ‘काठमाडौँमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनः भरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’

कार्यक्रममा बोल्दै वाटर एडका नेपाल निर्देशक जेसम थोमस, बोटलिङ् इन्भेष्टमेन्ट ग्रुपका स्टेफिन यिपले स्वच्छ पानीको पहुँच बढाउन साझेदारीका थप काम गर्न सकिने उल्लेख गरे । यस्तै सेन्टर फर इन्टिग्रेटेड अर्वन डिभलपमेन्टका कार्यकारी निर्देशन नवीन महर्जनले पानी पुनः भरणका कार्यक्रम बढाउन थालेपछि सामाजिक सचेतना र सहभागिता बढ्न थाल्ने बताए ।

तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यस प्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ ।

परम्परागत रुपमा काठमाडौँबासीले पानीका प्रमुख स्रोतका रुपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनः भरण हुने गर्थ्यो । जमिनमा जम्मा भएको पानी तल जान सक्थ्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थाल्यो । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गयो । जलवायु परिवर्तनका कारण वर्षा हुने समय र प्रक्रिया परिवर्तन भयो । पछिल्ला वर्षाहरू छोटो अवधिमा अधिक पानी पर्ने हुनाले प्राकृतिक रुपमा पानी पुनः भरणमा समस्या सिर्जना भएको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!