१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

बर्दियामा हात्ती र चितुवाको आक्रमण

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ ०६, २०८०

(एबिसि संचार )

बर्दियामा जंगली हात्ती र चितुवाको आक्रमणमा परी दुई दिनमा तीन जना महिला घाइते भएका छन्।

मधुवन नगरपालिका–१ दुर्गा नगरकी ५२ वर्षीया सीता थारू र ३१ वर्षीया सुशिला चौधरी जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्।

स्थानीय दुर्गा सामुदायिक वनमा दाउरा काट्न भनेर गएका समयमा शुक्रबार दिउँसो पौने तीन बजेतिर जंगली हात्तीले उनीहरूमाथि आक्रमण गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालले  बताए। जंगली हात्तीको आक्रमणबाट सीताको टाउकोमा र सुशिलाको टाउको, छाती र हात खुट्टामा चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ। उनीहरू दुबै जनाको जिल्ला अस्पताल गुलरियामा उपचार जारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]