२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०९, २०८०

(एबिसि संचार )                                                                महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली फेसबुक आइडी बनाएर तस्बिर र भिडिओ प्रशारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।पक्राउ पर्नेमा गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने २४ वर्षीय भिमसेन भट्ट छन् । ब्युरोले उनलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको थियो ।भट्टले ती महिलालाई काम गर्नेक्रममा चिनेका थिए । पछि उनीहरूबीच प्रेम भएर समयसमयमा भेटघाट समेत हुने गरेको थियो । त्यतिबेला खिचिएका तस्बिर र भिडिओको दुरूपयोग गरेको प्रहरीले जनाएको छ । उनीहरू बीचको सम्बन्ध टुटेपछि भट्टले नक्कली आइडी बनाएर फेसबुक तथा ह्वाट्सएपमार्फत चरित्र हत्या गरेको पाइएको हो ।चरित्र हत्या गरी हैरानी दिएको भन्दै ब्युरोमा उजुरी परेपछि प्रहरीले उनको खोजी थालेको थियो । उनलाई पक्राउ गरी मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । थप अनुसन्धानका लागि अदालतले भट्टलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!