२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

यी प्रदेशमा वर्षा र हिमपातको

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ ११, २०८०

(एबिसि संचार )

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौस विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा मधेश प्रदेशका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।

बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले बताएको छ।

देशको पहाडी भू–भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]