३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ ११, २०८०

(एबिसि संचार )

बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति  पक्राउ परेका छन्।

सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन्।

एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बिहिबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही माघ २ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]