(एबिसि संचार ) पोखरा महानगरपालिका–७ राष्ट्र बैङ्क चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालिका बागलुङ तमानखोला गाउँपालिका–१ घर भएकी ४५ वर्षीय समिता आलेसमेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।