२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मर्निङवाक हिँडिरहेका पैदलयात्रुको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )                                                                पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जना ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । सर्लाहीबाट यात्रु लिएर नारायणगढ तर्फ गइरहेको बा ३ ख ३४५५ नम्बरको यात्रुवाहक बसले शनिबार बिहान ४ बजे चन्द्रपुर ५ का बोधनाथ पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।

मर्निङवाकमा रहेका पौडेललाई जगत पेट्रोलपम् अगाडी बसले ठक्कर दिएको थियो ।  ठक्कर दिने बस र चालक चन्द्रपुर  ४ का विजय राई लाई  नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]