२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखलाई ६ महिना कैद

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )

घुस लिई भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई सजाय सुनाइएको छ । शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो ।मालपोत प्रमुख रहेकी उनले जग्गा दाखिल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम लिएको भेटिएको थियो । फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीसँग उनले घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो । जसपछि अख्तियारले गत वर्ष २४ असारमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो ।

महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन् । उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा उनलाई विभूषण प्रदान गरिएको हो ।

यस मुद्दामा सरकारी साक्षी रहे पनि प्रतिकूल बकपत्र गर्ने भावना महतले भने सफाई पाएकी छिन्। लेखालाई दोषी ठहर गरेको इजलासले नै भावनालाई सफाई दिएको हो । यी दुवै मुद्दा लगाउमा राखी सुनुवाई भइरहेका थिए ।

लेखाले घुसवापत लिएको रकम भावनालाई राख्न दिएकी थिइन् । उनले यहि कुरा अख्तियारलाई बताइकी थिइन् । जसकारण अख्तियारले उनलाई मतियारको रुपमा मुद्दा नचलाई सरकारी साक्षीका रुपमा पेस गरी सजाय छुट दिएको थियो ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]