२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मालपोत कार्यालय ताप्लेजुङकी प्रमुखलाई ६ महिना कैद

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )

घुस लिई भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई सजाय सुनाइएको छ । शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो ।मालपोत प्रमुख रहेकी उनले जग्गा दाखिल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम लिएको भेटिएको थियो । फक्ताङलुङ गाउँपालिका– ७ की एक सेवाग्राहीसँग उनले घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो । जसपछि अख्तियारले गत वर्ष २४ असारमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो ।

महतले पक्राउ पर्नुभन्दा १० दिनअघि मात्र राष्ट्रपतिबाट विभूषण पाएकी थिइन् । उनलाई प्रबल जनसेवाश्री चतुर्थद्वारा १ वैशाख २०७९ मा विभूषित गरिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा उनलाई विभूषण प्रदान गरिएको हो ।

यस मुद्दामा सरकारी साक्षी रहे पनि प्रतिकूल बकपत्र गर्ने भावना महतले भने सफाई पाएकी छिन्। लेखालाई दोषी ठहर गरेको इजलासले नै भावनालाई सफाई दिएको हो । यी दुवै मुद्दा लगाउमा राखी सुनुवाई भइरहेका थिए ।

लेखाले घुसवापत लिएको रकम भावनालाई राख्न दिएकी थिइन् । उनले यहि कुरा अख्तियारलाई बताइकी थिइन् । जसकारण अख्तियारले उनलाई मतियारको रुपमा मुद्दा नचलाई सरकारी साक्षीका रुपमा पेस गरी सजाय छुट दिएको थियो ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]