२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दुई जना मृत फेला

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ २०, २०८०

(एबिसि संचार )                                                              ललितपुरमा दुई जना मृत फेला परेका छन् । ललितपुर  महानगरपालिका-१४ साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसै गरी ललितपुर, ललितपुर महानगरपालिका-२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर बुङमती बस्ने ५६ वर्षीय चिरी बाबु श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-३ वर्मास्थानस्थित नारायणी नदी किनारमा कावासोती नगरपालिका-१५ गुडार बस्ने ७८ वर्षीय गंगाराम महतो शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सरावल गाउँपालिका-२ मनरीस्थित बाटो छेउमा रामग्राम नगरपालिका-९ पिपरहिया बस्ने ३५ वर्षीय लाल बहादुर कहार शनिबार मृत अवस्थामा फेला परेका छन् । यता धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेस्थित पानीको कुलोमा सोही ठाउँ बस्ने ४० वर्षीय शिव कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]