२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अर्थका सहसचिवहरूको सरुवा

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २१, २०८०

(एबिसि संचार )                                                                    अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ ।अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार शुक्रवार राति अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरुवा गरेका हुन् ।अर्थ मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको रूपमा सरुवा गरिएको छ । त्यसै गरी आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । उनको स्थानमा सेवन्तक पोखरेललाई पठाइएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुख महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ ।

नारायण प्रसाद रिसाललाई  वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]