(एबिसि संचार ) कञ्चनपुरमा दुई महिलासहित कुटपिट घटनाका ५ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतबाट कुटपिट घटनामा कसुरदार ठहर भई हालसम्म फरार रहेका माला लखेरा कुटपिट, तरूण लखेरा, हिमांशु लखेरा, आनन्द लखेरा, संगिता लखेरालाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। यी पाँचै जनालाई अदालतले ५ हजार जरीवाना तोकेको थियो। पाँचै जनालाई कञ्चनपुर अदालतमा पेश गरिएको डाँगीले बताए।