२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

आठ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ २५, २०८०

(एबिसि संचार )

प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको निकाल्ने तयारीमा लागेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण आलटाल भएको बढुवा प्रक्रियाले गति लिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार हप्ता दिनभित्रै बढुवा निकाल्ने गरी तयारी भइरहेकोछ।

नेपाल प्रहरीमा अहिले एसपीमा ८ पद रिक्त छ। जसका लागि १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन्। एसपी बन्न प्रतिस्पर्धामा रहेका १२ डीएसपीमा पहिलो नम्बरमा प्रदीप क्षेत्री छन्। दोस्रोमा अंगुर जीसी, तेस्रोमा ढकेन्द्र खतिवडा छन्। त्यसपछि क्रमश: यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे छन्।

प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनका आधारमा बढुवा हुने बताएको छ।

त्यस्तै नेपाल प्रहरीका २१ एसपीको पनि हप्ता दिनभित्रै निकाल्ने तयारी छ। प्रहरी अधिकारीको सरुवा एक वर्षमा हुनै पर्ने प्रहरी नियमावली भए पनि विभिन्न २१ एसपी एक वर्ष भइसक्दा पनि एकै ठाउँमा कार्यरत छन्। २१ मध्ये पनि ६ एसपी त १३ महिनादेखि एकै ठाउँमा कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]