२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

१ करोड भारु बराबरको हेरोइनसहित २ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २८, २०८०

(एबिसि संचार )                                                                भारतको उत्तराखण्ड स्पेसल टास्क फोर्स (एसटीएफ) र प्रहरीले अन्तर्राष्ट्रिय बजारमा एक करोड भारतीय रुपैयाँ बराबरको हेरोइनसहित रुद्रपुर सहरबाट दुई जनलाई पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १ केजी बराबरको सो हेरोइन नेपाल पठाउने तयारी गरिएको थियो ।नेपाल–भारत सीमामा ठुलो मात्रामा लागूऔषधको कारोबार हुन लागेको सूचनाको गोप्य सूचनाको आधारमा एसटीएफ र खातिमा प्रहरीले संयुक्त अपरेसन चलाएको थियो । भान खाण्डी महादेव मन्दिर नजिकैबाट शंकास्पद दुई जनालाई पक्राउ गर्दा उनीहरूको साथबाट १ केजी हेरोइन बरामद गरिएको थियो ।सोधपुछका दौरान उनीहरूले बरेलीबाट आएको र सो हेरोइन नेपालका लागूऔषध तस्करलाई बुझाउन लागेको खुलाएका थिए । पक्राउ पर्ने दुई जना सागिर अहमद र बाबु रहेका छन् । उनीहरू दुवै उत्तर प्रदेशको बरेलीस्थित अलिगञ्जका बासिन्दा हुन् । दुई जनाले नेपालका लागूऔषध तस्करसँग खातिमामा भेट्ने योजना भएका थिए । प्रहरीले उनीहरूलाई हेरोइन दिने डिलरको बारेमा सोधपुछ गरिरहेको बताएको छ । उनीहरूले लामो समयदेखि उत्तराखण्ड, नेपाल र उत्तर प्रदेशमा हेरोइन सप्लाई गर्दै आएको पनि खुलाएका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]